ग्लोबल


इजरायल-अमेरिकाको आक्रमणबाट इरानका आणविक स्थल भने सबै सुरक्षित

इजरायल-अमेरिकाको आक्रमणबाट इरानका आणविक स्थल भने सबै सुरक्षित

नेपालखबर
फागुन १८, २०८२ सोमबार २१:४३, काठमाडौँ

शीर्ष नेतृत्व नै सखाप पार्ने गरी शनिबार अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणबाट इरानका आणविक स्थल भने सुरक्षित रहेको पाइएको छ। 

संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाका प्रमुख राफेल ग्रोसीले हमलाले इरानका कुनै पनि आणविक पूर्वाधारमा क्षति नभएको पुष्टि गरेका हुन्।

राफेल ग्रोसीले भनेका छन्, ‘इरानमा अमेरिका र इजरायलले हालै इरानमा गरेको आक्रमणले बुसेहर आणविक प्लान्ट, तेहरान अनुसन्धान रिएक्टरलगायत कुनै पनि आणविक स्थलमा क्षति भएको छैन।’

उनले इरान र बहराइन, इराक, कुवेत, ओमान, कतार र साउदी अरेबियाजस्ता अन्य देशमा पनि आणविक स्थल रहेको उल्लेख गर्दै सैन्य कारबाहीमा ‘अत्यन्त संयमता’ अपनाउन आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad