थाइल्यान्डको नौसेनाले स्ट्रेट अफ होर्मुज भएर गइरहेको थाई झन्डावाल कार्गो जहाजमा आक्रमण भएको बताएको छ।
रोयल थाई नौसेनाले विज्ञप्ति जारी गरी त्यस जहाजमा २३ थाई चालक दलका सदस्य रहेको जानकारी दिएको छ।
थाई अधिकारीहरूका अनुसार, ओमानको नौसेनाले २० चालक दलका सदस्यलाई उद्धार गरेको छ र बाँकी तीन जनालाई उद्धार गर्ने प्रयास भइरहेको छ।
थाई नौसेनाले अधिकारीहरूलाई बिहान ११ बजेतिर घटनाबारे प्रारम्भिक जानकारी प्राप्त भएको बताएको छ।
यूएईको आबुधाबीस्थित खलिफा बन्दरगाहबाट प्रस्थान गरेको केही घण्टापछि जहाजमा आक्रमण भएको थियो।
विज्ञप्तिअनुसार आक्रमणको कारण थाहा हुन सकेको छैन। अनुसन्धान भइरहेको छ।
थाई कार्गो जहाजमा कसले आक्रमण गर्यो भन्ने कुरा पनि अझै थाहा भएको छैन।
894
Shares

प्रतिक्रिया