ग्लोबल


इरानी सेना प्रमुखले भने: लारिजानी हत्याको ‘निर्णायक’ बदला लिनेछौँ

इरानी सेना प्रमुखले भने: लारिजानी हत्याको ‘निर्णायक’ बदला लिनेछौँ

इरानका सेना प्रमुख अमिर हतामी (फाइल फोटो)


नेपालखबर
चैत ४, २०८२ बुधबार ९:४०, काठमाडौँ

इरानका सैन्य प्रमुख अमिर हतामीले देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी हत्याको इजरायलसँग ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।

इरानले यसअघि मंगलबार इजरायलको हवाई आक्रमणमा लारिजानी मारिएको पुष्टि गरेको छ। 

अली लारीजानी मे २००८ देखि मे २०२० सम्म १२ वर्षसम्म इरानको संसद्‌को सभामुख थिए।

इरानका सैन्य प्रमुख हातामीले विज्ञप्तिमा भनेका छन्, ‘सही समय र स्थानमा अपराधी अमेरिका र रक्तपिपासु यहुदी शासकले निर्णायक र बलियो जवाफ पाउनेछ, जुन अरूका लागि पनि पाठ हुनेछ, जसले उनीहरूलाई आफ्नो कर्मप्रति पछुतो हुनेछ।’

विज्ञप्तिमा उनले अगाडि भनेका छन्, ‘लारिजानी र अन्य सहिद मारिएको बदला लिइनेछ।’

लारीजानी सैन्य कमान्डर थिएनन्, तर उनी इरानको रणनीतिक निर्णयलाई आकार दिने एक प्रमुख व्यक्तित्व थिए।

सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवको रूपमा उनी युद्ध, कूटनीति र राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णयको केन्द्रमा थिए।

उनको आवाज सम्पूर्ण प्रणालीमा प्रभावशाली थियो, विशेष गरी अमेरिका र इजरायलसँग इरानको द्वन्द्वलाई सम्हाल्ने सवालमा।

एएफपीका अनुसार इरानको इस्लामिमक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले लारिजानी हत्याको बदलामा मध्य इजरायलमा यसअघि नै मिसाइल प्रहार गरिसकेको बताएको छ। आईआरजीसी इरानी सेनाभन्दा फरक संगठन हो।

यसअघि अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा सैन्य अधिकारी मारिसकेको छ। 

जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्ने क्रम जारी राखेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।

इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad