अमेरिका र इरानबिच वार्ता पुनः सुरु हुन सक्ने धेरै संकेत देखिएका छन्।
यसैबिच पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर र गृहमन्त्री मोहसिन नक्वी प्रतिनिधिमण्डलसहित बुधबार इरानको राजधानी तेहरान पुगेका छन्।

यो भ्रमणलाई अमेरिका र इरानबिच मध्यस्थता गर्ने प्रयासका रूपमा हेरिएको छ।
त्यसो त मंगलबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा अमेरिका र इरानबिच वार्ता पुनः सुरु हुन सक्ने बताएका थिए।
यस्तै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पनि इरान र अमेरिकाबिच पाकिस्तानी मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान जारी रहेको बताएका थिए।
387
Shares

प्रतिक्रिया