अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले अमेरिकी विमानवाहक यूएसस जर्ज एचडब्ल्यू बुस मध्यपूर्वतर्फ नजिकिँदै गरेको बताएको छ।
सेन्टकमले एउटा तस्बिर सार्वजनिक गरेको छ, जसमा निमित्ज-क्लास सुपरक्यारियर हिन्द महासागरमा यात्रा गरिरहेको देखिन्छ।
तर यो विमानवाहक यस क्षेत्रमा पहिले नै रहेका जहाजमा सामेल हुनेछ वा तिनलाई प्रतिस्थापन गर्नेछ भन्ने कुरा स्पष्ट भइसकेको छैन।
यसअघि अर्को विज्ञप्तिमा सेन्टकमले भनेको छ, ‘विश्वको सबैभन्दा ठुलो विमानवाहक यूएसएस जेराल्ड आर फोर्ड लाल सागरमा सञ्चालन भइरहेको छ र अमेरिकी पाँचौँ फ्लिटअन्तर्गत समुद्री सुरक्षामा सहयोग गरिरहेको छ।’
150
Shares

प्रतिक्रिया