अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा सोमबार भएको आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ७५ भन्दा बढी घाइते भएका छन्।
अफगान तालिबान शासनका अधिकारीहरूले पाकिस्तानले आक्रमण गरेको आरोप लगाएका छन्।
तालिबान शासनका उपप्रवक्ता हमदुल्लाह फितरतले सोमबार दिउँसो २ बजे सुरु भएको पाकिस्तानी आक्रमणमा मोर्टार र रकेट प्रहार गरिएको दाबी गरे।
केही स्रोतले बीबीसीलाई बताएअनुसार लडाकु जेट र ड्रोन पनि प्रयोग गरिएको थियो।
तालिबानका अनुसार घाइतेमा विश्वविद्यालयकाका ३० विद्यार्थी, बालबालिका र सर्वसाधारण छन्।
अर्कातर्फ पाकिस्तानको सूचना मन्त्रालयले विश्वविद्यालय र आवासीय क्षेत्रलाई निसाना बनाएको भनेर गरिएको दाबी गलत भएको जिकिर गरेको छ।
केही हप्ताअघि अफगानिस्तानको राजधानी काबुलमा रहेको लागुऔषध पुनर्वास केन्द्रमा हवाई आक्रमण भएको थियो। जसमा २६९ जनाको मृत्यु भएको थियो संयुक्त राष्ट्र संघले जनाएको छ।
Shares

प्रतिक्रिया