ग्लोबल


इरानले जापानी जहाजलाई होर्मुज स्ट्रेटबाट जान दियो

इरानले जापानी जहाजलाई होर्मुज स्ट्रेटबाट जान दियो

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार ६:१४, काठमाडौँ

जापानको एउटा जहाजले बुधबार जलमार्ग होर्मुज स्ट्रेट पार गरेको छ। 

चालक दलका तीन सदस्य रहेको उक्त जहाज होर्मुज स्ट्रेट हुँदै जापानतर्फ लागेको छ। 

जापानको विदेश मन्त्रालयले एक्समा पोस्ट गरी जापानी जहाज होर्मुज स्ट्रेटबाट अगाडि बढेको जानकारी दिएको हो। 

जापानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जापानले विभिन्न अवसर र अन्तर्राष्ट्रिय बैठकमा इरानलाई सबै देशका जहाज विशेष गरी जापानका जहाजका लागि होर्मुज स्ट्रेटबाट सुरक्षित र निर्वाध रूपमा आवतजावत गर्न दिन आग्रह गरेको छ।’

बुधबार जापानी जहाजलाई जान दिइएको घटनालाई जापान सरकारले जापानी नागरिकको सुरक्षाका दृष्टिले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। 

जापानको विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘जापानीसहित सबै जहाजलाई होर्मुज स्ट्रेटबाट स्वतन्त्र र सुरक्षित रूपमा पार हुन दिन इरानलाई जापानको निरन्तर आग्रह छ।’

विश्वको लगभग २० प्रतिशत तेल सामान्यतया होर्मुज स्ट्रेटको बाटो भएर जान्छ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा युद्ध सुरु गरेयता इरानले यो जलमार्ग बन्द गरेको हो भने अझै पूर्ण रूपमा खोलिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad