ग्लोबल


इजरायलको हमलाले लेबननमा १३ जना मारिए

इजरायलको हमलाले लेबननमा १३ जना मारिए

नेपालखबर
बैशाख २०, २०८३ आइतबार ५:२९, काठमाडौँ

लेबननको स्वास्थ्य मन्त्रालयले शनिबार दक्षिणी लेबननमा इजरायलले गरेको हवाई आक्रमणमा चार महिला र एक बच्चासहित कम्तीमा १३ जनाको मृत्यु भएको बताएको छ।

इजरायली रक्षा बल (आईडीएफ) ले यसअघि नबातिया जिल्लाको हबुस खाली गर्न आदेश जारी गरेको थियो। जहाँ आक्रमणमा दुई महिला र एक बच्चासहित आठ जनाको मृत्यु भएको छ।

यस्तै सिडोन जिल्लाको जरेरियामा दुई महिलासहित चार जनाको मृत्यु भएको छ भने टायर जिल्लाको ऐन बालमा एक जना पुरुषको मृत्यु भएको छ।

आक्रमणमा कुल ३२ जना घाइते भएका छन्।

तीन हप्ताको युद्धविराम लम्ब्याइए पनि इजरायल र हेज्बुल्लाहबिच लडाइँ जारी छ।

शनिबार इरान समर्थित समूह हेज्बुल्लाहले लेबननमा इजरायली सैनिक र सैन्य सवारीसाधनलाई निसाना बनाइएको बताएको छ।

इजरायली सेनाले बिहीबार दक्षिणी लेबननमा भएको झडपमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad