इन्डोनेसियामा माउन्ट डुकोनो ज्वालामुखी शुक्रबार विस्फोट हुँदा तीन जना पदयात्रीको मृत्यु भएको छ।
इन्डोनेसियाको ज्वालामुखी सर्वेक्षणअनुसार स्थानीय समय शुक्रबार बिहान ७:४१ बजे ज्वालामुखी विस्फोट भएको हो।
इन्डोनेसियाको उत्तरी मोलुक्का प्रान्तमा अवस्थित डुकोनो ज्वालामुखी देशको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक हो। यो पर्यटकमाझ पनि लोकप्रिय छ।
बीबीसीका अनुसार स्थानीय प्रहरी प्रमुखले करिब १५ जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको बताएका छन्।
81
Shares

प्रतिक्रिया