ग्लोबल


पाकिस्तानमा प्रहरी चौकीमा भीषण हमला: १५ प्रहरीको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा भीषण हमला: १५ प्रहरीको मृत्यु

आक्रमणमा ध्वस्त भएको प्रहरी चौकी सफा गर्दै एक्सभेटर


एजेन्सी
बैशाख २७, २०८३ आइतबार १५:०, काठमाडौँ

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक प्रहरी चौकीमा आतंककारी आक्रमण हुँदा १५ प्रहरीको मृत्यु भएको छ।

बन्नु मेडिकल एण्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृतकको संख्या पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। नोमानका अनुसार ज्यान गुमाउने सबै प्रहरी कर्मचारी हुन्। यसबाहेक, तीन जना घाइतेलाई पनि अस्पताल ल्याइएको छ, जसको अवस्था खतरामुक्त रहेको बताइएको छ।

यसअघि बन्नु रेन्ज प्रहरी अधिकारी सज्जाद खानको कार्यालयबाट जारी विज्ञप्तिमा फतेह खेल चौकीको भवनको भग्नावशेषबाट १२ जना प्रहरीको शव निकालिएको र तीन जनालाई जीवितै उद्धार गरिएको उल्लेख थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार बन्नु सहरको बाहिरी इलाकामा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थ भरिएको गाडी ठोक्किएको थियो।

एक सुरक्षा अधिकारीले विस्फोटपछि कट्टरपन्थीहरु चौकीभित्र पसेर प्रहरीमाथि गोली प्रहार गरेको दाबी गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad