ग्लोबल


सीसँगको वार्तामा सीईओहरूको ठूलो जमात लिएर जाँदै ट्रम्प

सीसँगको वार्तामा सीईओहरूको ठूलो जमात लिएर जाँदै ट्रम्प

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १५:२४,

चीन भ्रमणमा हिँडेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो साथमा सीईओहरूको ठूलो समूह लगेका छन्। ट्रम्पको औपचारिक भ्रमण टोलीमा एनभिडियाका जेनसेन हुवाङ, एप्पलका टिम कुक, टेस्ला र स्पेस एक्सका इलोन मस्क, ब्ल्याक रकका ल्यारी फिंक छन्।

साथै, मेटा, भिजा, जेपी मोर्गन, बोइङलगायत कम्पनीका उच्च पदस्थहरू पनि भ्रमण टोलीमा छन्। उनको टोलीमा दर्जनभन्दा बढी सीईओहरू हुने बताइएको छ।

सामाजिक सञ्जालदेखि, कम्युटर चिप्ससम्म उत्पादन गर्ने कम्पनीका यी सीईओहरूले अमेरिकी व्यावसायिक हितको प्रतिनिधित्व गर्नेछन्। 

यसअघि एनभिडियाका हुवाङ टोलीमा थिएनन्। उनको अनुपस्थितिलाई लिएर आश्चर्य प्रकट गरिन थालिएको थियो। किनभने उनको कम्पनी अमेरिका–चीन प्रतिस्पर्धाको केन्द्रमा छ। तर, बेइजिङ उडेको ट्रम्पको विमान तेल भर्न अलास्कामा रोकिँदा हुवाङ पनि सो विमान चढ्न पुगे।

हुवाङ टोलीमा नभएको थाहा पाएपछि ट्रम्प आफैँले उनलाई मंगलबार फोन गरेर बोलाएको बताइएको छ। उनी विमान चढेपछि भने ट्रम्पले ‘फेक न्युज’ प्रकाशन गरेको भन्दै सञ्चारमाध्यमको चर्को आलोचना गरेका छन्।

अमेरिका र चीनबीच आर्थिक, प्रविधिका क्षेत्रमा चरम प्रतिस्पर्धा भइरहेका बेला ट्रम्प र सी चिनफिङबीच भेट हुन लागेको हो। इरान युद्ध सोचेका दिशमा नगएपछि ट्रम्प असहज अवस्थामा छन्।

यो भ्रमणमा मुख्यगरी व्यापार युद्ध, इरान युद्ध र ताइवानको भविष्यबारे छलफल हुने अपेक्षा छ। ट्रम्पले इरानसँग वार्तामा सहजीकरण गरिदिन चीनलाई आग्रह गर्ने अनुमान पनि छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad