ग्लोबल


इरानी सेनाले भन्यो- अब पछि हट्ने ठाउँ छैन, हामी पूर्ण रूपमा तयार छौँ

इरानी सेनाले भन्यो- अब पछि हट्ने ठाउँ छैन, हामी पूर्ण रूपमा तयार छौँ

इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद अक्रामी निया


नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार ८:३, काठमाडौँ

इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद अक्रामी नियाले अमेरिका र इजरायलसँगको युद्धबाट ‘अब पछि हट्ने ठाउँ नभएको’ बताएका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार उनले अमेरिकासँग युद्धविराम भए पनि यो कमजोर अवस्थामा रहेको उल्लेख गर्दै ‘इरानी सेना तथा सुरक्षा बल पूर्ण रूपमा तयार रहेको’ बताएका हुन्। 

अक्रामी नियाले भनेका छन्, ‘होर्मुज स्ट्रेटको पश्चिमी भाग इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसेनाको नियन्त्रणमा छ भने पूर्वी भाग इरानको नियमित नौसेनाको जिम्मेवारीमा छ।’

यस क्रममा उनले इरानी सेनाले शत्रुलाई उसका कुनै पनि उद्देश्य प्राप्त गर्न नदिएको र मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डामा ठुलो मात्रामा उपकरण नष्ट गरेको दाबी पनि गरेका छन्। 

अक्रामी नियाले इरानको सैन्य शक्तिको प्रशंसा गर्दै भनेका छन्, ‘शत्रु (अमेरिका र इजरायल) ले इरानको क्षमताको सही आकलन गर्न सकेनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad