भारतको उत्तर प्रदेशमा बुधबार भीषण आँधीबेहरी र वर्षाले ९६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी मृत्यु वाराणसी, प्रयागराज र कानपुर डिभिजनमा भएको छ।
तीव्र गतिको हुरीले रुख र बिजुलीका पोल ढालेका छन्।
ग्रामीण क्षेत्रमा माटोका घर र टिनका छाना र बालीनाली ध्वस्त भएका छन्।
रुख ढलेका कारण धेरै ठाउँमा यातायात अवरुद्ध भएको छ।
वर्षा र हुरीमा परी मृत्यु भएकाहरूमा भदोहीमा १८, मिर्जापुरमा १५, प्रयागराजमा १७, प्रतापगढ र बरेलीमा ४-४, फतेहपुरमा १०, उन्नाव र बदाउँमा ६-६, सीतापुर, रायबरेली, चन्दौली, कानपुर देहात, हरदोई र सम्भलमा दुई-दुई र कौसाम्बी, शाहजहाँपुर, सोनभद्र र लखीमपुर खेरीमा एक-एक जना छन्।
105
Shares

प्रतिक्रिया