होर्मुज स्ट्रेटमा अर्को भारतीय जहाज आक्रमणमा परेको छ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार गुजरातको ‘हाजी अली’ नामक जहाजमा मे १३ को बिहान मिसाइल प्रहार भएको हो।
ओमानको समुद्रमा यात्रा गरिरहेका बेला उक्त जहाजमा ड्रोन वा मिसाइलजस्तो हतियारले प्रहार गरिएको थियो।
दुर्घटनापछि जहाजमा आगो लाग्यो तर ओमान तटरक्षकले जहाजको चालक दलका सबै १४ सदस्यलाई सुरक्षित रूपमा उद्धार गर्यो।
गुजरातको द्वारका निवासी जहाजका मालिक सुल्तान अहमद अन्सारले भने, ‘एमएसभी हाजी अली बर्बेरा बन्दरगाहबाट शारजाह जाँदै थियो। बिहान ३:३० बजेतिर ओमानी तटनजिकै जहाज पल्टियो।’
चालक दलका सदस्यहरूले बताएअनुसार जहाजमा विस्फोटकजस्तो वस्तु ठोकिएको थियो। त्यसपछि जहाजमा आगो लाग्यो। अवस्था बिग्रँदै गएपछि चालक दलका सबै १४ सदस्यले लाइफबोट प्रयोग गरेर जहाज छाडे।
यसअघि वैशाख २५ गते पनि होर्मुज स्ट्रेटमा एउटा भारतीय जहाज समुद्रमा डुबेको थियो।
Shares

प्रतिक्रिया