सी चिनफिङ र डोनाल्ड ट्रम्पबीचको वार्तापछि दुवै पक्षले छलफल र सहमतिका विषय समेटेर विज्ञप्ति जारी गरेका छन्। तर, दुई पक्षको विज्ञप्तिले पनि उनीहरुको अलगअलग प्राथमिकता प्रस्ट पार्छन्।
त्यतिमात्र होइन, चीनले जोड दिएको कुरालाई अमेरिकाले छुटाएको छ भने अमेरिकाले जोड दिएको कुरालाई चिनियाँ पक्षले छुटाएको छ।
सीले ट्रम्पलाई ताइवानबारे निकै गम्भीर चेतावनी दिएको चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। द्विपक्षीय सम्बन्धलाई ठिकसँग नसम्हाल्ने हो भने दुई देशबीच द्वन्द्व हुने सीले बताएका छन्।
तर, यो कुरा ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छैन।
ह्वाइट हाउसको विज्ञप्ति मुख्यगरी व्यवसाय र व्यापारमा केन्द्रित छ। जसमा अमेरिकी तेल किन्नु चीनको हितमा भएको र हर्मुज जलमार्गमा सैन्य अवरोधको चीनले विरोध गर्ने कुरा उल्लेख छ।
तर, यी दुवै विषय चिनियाँ विज्ञप्तिमा समेटिएका छैनन्।
त्यस्तै, ‘रचनात्मक, रणनीतिक र स्थिर सम्बन्ध’को अवधारणाले दुई देशको सम्बन्धलाई अब निर्देशित गर्ने सहमति भएको चिनियाँ विज्ञप्तिमा उल्लेख छ। जबकि यसले ह्वाइट हाउसको विज्ञप्तिमा ठाउँ पाएको छैन।
Shares

प्रतिक्रिया