ग्लोबल


हमासको सशस्त्र शाखाका प्रमुख मारिए

हमासको सशस्त्र शाखाका प्रमुख मारिए

नेपालखबर
जेठ २, २०८३ शनिबार २१:८, काठमाडौँ

हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल–हद्दाद शुक्रबार गाजामा इजरायलले गरेको आक्रमणमा मारिएको इजरायली सेनाले पुष्टि गरेको छ।

अल–हद्दादलाई इजरायलले सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणको सूत्रधार भएको बताएको छ।

प्यालेस्टिनी सशस्त्र इस्लामिक लडाकु समूह (हमास) ले पनि अल–हद्दाद इजरायली आक्रमणबाट मारिएको शनिबार पुष्टि गरेको छ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि इजरायली सेना र गुप्तचर सेवाले गाजा र यस क्षेत्रमा समूहका वरिष्ठ राजनीतिक नेता र लडाकु कमान्डरहरूलाई लक्ष्य गर्दै व्यापक अभियान चलाएका छन्।

यसै क्रममा इजरायली सेनाले शुक्रबार साँझ गाजामा अल–हद्दादलाई लक्ष्य गरी हवाई आक्रमण गरेको थियो। त्यस क्रममा उनी मारिएको कुरा शनिबार पुष्टि भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad