समाज


सरदरभन्दा बढी पानी परिरहेकाले बाली जोगाउन किसानलाई आग्रह

सरदरभन्दा बढी पानी परिरहेकाले बाली जोगाउन किसानलाई आग्रह

नेपालखबर
जेठ २, २०८३ शनिबार २१:१२, काठमाडौँ

कृषि विभागले केही दिनदेखि मौसममा आएको फेरबदलका कारण भण्डारण गरिएका अनाज तथा खेती गरिएका बाली संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले मनसुन अगावै हालसम्म देशका अधिकांश ठाउँमा सरदरभन्दा बढी पानी परेकाले भण्डारण गरी राखिएका अन्न बाली, दाल बालीमा चिस्यानको समस्या आउने भएकाले किसानलाई उत्पादित वस्तुमा क्षति न्यूनीकरण गर्न सावधानी अपनाउन आग्रह गरेको हो। भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न तथा बालीलाई खेतमा नछाड्न किसानलाई सूचित गरेको छ। 

त्यस्तै, विभागले विभागले आगामी साता मध्याह्नपछि हावाहुरी, चट्याङ तथा असिना पर्ने सिजन भएकाले टिपेर बजार लैजानुपर्ने फलफूल एवं तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्न भनेको छ। किसानलाई कृषि उत्पादनमा प्राविधिक सुझाव, उत्पादन वृद्धि, बाली संरक्षण, बजारीकरण आवश्यक सल्लाह उपलब्ध गराएर सम्भावित जोखिमबाट संरक्षण तथा क्षति न्यूनीकरण गर्न विभागले काम गर्दै आएको महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि सूचना केन्द्रले मौसमअनुसार हावापानी, प्रकोप तथा प्राविधिक सल्लाह किसानलाई सूचनामार्फत उपलब्ध गराउँदै आएको छ। केन्द्रका अधिकृत सन्जीव पण्डितले भण्डारणमा कीराबाट जोगाउन भकारीको माथिल्लो भागमा चार–पाँच इन्च जति छहारीमा सुकाएको सुकिलो नीम, बकाइनो र तितेपातीजस्ता बोटबिरुवाको पात प्रयोग गर्न सुझाव दिए। 

केन्द्रले आलुको पुतली (जोताहा कीरा) ले सामान्यतया भण्डारणमा असर गर्ने भएकाले आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने नोक्सान गर्ने जनाएको छ। केन्द्रले आलु खन्ने समयमा ध्यान पु¥याउन तथा सुरक्षित भण्डारण गरेर क्षति न्यूनीकरण गर्न सुझाव दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad