संयुक्त अरब इमिरेट्स (यूएई) अबुधाबीमा रहेको बारकाह आणविक ऊर्जा प्लान्टको परिधिमा ड्रोन प्रहारले आगलागी भएको छ।
अबुधाबीका अधिकारीहरूले आइतबार आक्रमणले अल धाफ्रा क्षेत्रमा प्लान्टको भित्री भागको बाहिर रहेको विद्युतीय जेनेरेटरमा आगलागी भएको बताएका छन्। यद्यपि कोही पनि घाइते भएका छैनन्।
यस्तै अधिकारीहरूले विकिरणको स्तर पनि सामान्य रहेको बताएका छन्।
यूएईको आणविक नियामकले आक्रमणले अरब प्रायद्वीपको पहिलो आणविक ऊर्जा केन्द्र सञ्चालनमा कुनै असर नपरेको बताएको छ।
उसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘सबै एकाइ सामान्य रूपमा सञ्चालन भइरहेका छन्।’
अहिलेसम्म कुनै पनि संगठन वा देशले आक्रमणको जिम्मेवारी लिएका छैनन्, तर इरानप्रति शंका गरिएको छ।
किनकि इरानले हालै यूएईलाई बारम्बार धम्की दिइरहेको थियो।
उक्त घटनाले इरान र अमेरिकाको जारी कमजोर युद्धविरामका बिच यस क्षेत्रमा नयाँ तनावको चिन्ता बढाएको छ।
Shares

प्रतिक्रिया