अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले जलमार्ग होर्मुज स्ट्रेटमा 'टोल सिस्टम' (शुल्क लिने) लागु गर्नु अस्वीकार्य भएको बिहीबार बताएका छन्।
उनले यस कुरामा विश्व नै सहमत भएको दाबी पनि गरेका छन्।
बीबीसी फारसीका अनुसार विदेशमन्त्री रुबियोले यसो पनि भनेका छन्, 'अमेरिकाले यस विषयमा संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित गर्न खोजिरहेको छ।'
यो प्रस्ताव सुरक्षा परिषद्मा पनि लगिने उनको भनाइ छ।
अमेरिकी विदेशमन्त्री रुबियोका अनुसार, यो प्रस्ताव बहराइनले पेस गरेको हो भने १०० भन्दा बढी देशले समर्थन गरेका छन्।'
उनले भने, 'हामीले गत हप्ता चीनमा यो मुद्दा उठायौँ र उनीहरू पनि यसको विरुद्धमा छन्। संसारका कुनै पनि देश ट्यारिफ प्रणालीका पक्षमा छैनन्। यो हुन सक्दैन र यो अस्वीकार्य छ।'
उनले यस्तो नीति जारी राख्नाले कुनै पनि कूटनीतिक सम्झौतालाई खतरामा पार्न सक्ने चेतावनी पनि दिए।
उनले भने, 'यदि उनीहरूले यो गरे भने विश्वकै लागि खतरा हुनेछ। यो पूर्ण रूपमा अवैध पनि हुनेछ।'
Shares

प्रतिक्रिया