अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग ‘निकै मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्।
लगातार तेस्रो दिन पनि दुवै पक्षले एकअर्काविरुद्ध आक्रमण गरेका छैनन्।
सोमबार एयर फोर्स वानमा सवार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई लाग्छ- हामी यो युद्ध अन्त्य गर्न सक्छौँ भन्ने राम्रो मौका छ।’
यद्यपि उनले वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिजस्तै इरानविरुद्ध आक्रमण पुनः सुरु गर्ने चेतावनी पनि दिए।
उता इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता भइरहेको कुरा अस्वीकार गरेको छ।
ट्रम्पले इरानमा शुक्रबार गर्ने भनिएको ठुलो आक्रमण मध्यस्थता गरिरहेका देशहरूको अनुरोधमा रोकिएको दाबी पनि गरेका छन्।
42
Shares

प्रतिक्रिया