बेलायतको सबैभन्दा ठुलो गुप्तचर एजेन्सी जीसीएचक्यूले २०२२ मा सुरु युक्रेन युद्धमा अहिलेसम्म रुसका ५ लाख सैनिक मारिएको बताएको छ।
एजेन्सीका अनुसार युक्रेनमा पूर्ण-स्तरीय आक्रमणपछि पाँच लाख रुसी सैनिक मारिएका हुन्।
यो तथ्यांक जीसीएचक्यूका निर्देशक एन किस्ट-बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा सार्वजनिक गरेको बीबीसीले जनाएको छ।
उनले बेलायती भूमिमा धेरैवटा जासुसी षड्यन्त्रका पछाडि रुसको हात रहेको आरोप पनि लगाएकी छन्।
साथै रुसले हालैका वर्षहरूमा बेलायत र नेटोमा आबद्ध अन्य देशविरुद्ध अघोषित ‘हाइब्रिड युद्ध’ गरिरहेको आरोप उनले लगाएकी छन्।
99
Shares

प्रतिक्रिया