ग्लोबल


ट्रम्पको दाबी: इरानसँग एक हप्ताभित्र सम्झौता हुन सक्छ

ट्रम्पको दाबी: इरानसँग एक हप्ताभित्र सम्झौता हुन सक्छ

नेपालखबर
जेठ १९, २०८३ मंगलबार १०:३५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक हप्ताभित्र इरानसँग सम्झौता हुन सक्ने दाबी गरेका छन्।

उनका अनुसार त्यस सहमतिमा युद्धविराम लम्ब्याउने र हर्मुज स्ट्रेट खोल्ने कुरा पनि हुनेछन्।

एबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘परिस्थिति राम्रो देखिएको छ, धेरै राम्रो।’

यस क्रममा उनले आफ्नो अनुरोधमा लेबननको हेजबुल्लाह र इजरायल एकअर्काविरुद्ध आक्रमण रोक्न राजी भएको पनि उल्लेख गरेका छन्। 

उनले भनेका छन्, ‘मैले हेजबुल्लाहसँग कुरा गरेँ र गोली नहान्न भनेँ। मैले (इजरायलका प्रधानमन्त्री) नेतन्याहुसँग पनि कुरा गरेँ र गोली नचलाउन भनेँ। दुवैले एकअर्कामाथि गोली हान्न बन्द गरे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad