बहराइनमा कोरोना संक्रमित एक नेपालीले आत्महत्या गरेका छन्।
त्यहाँस्थित नेपाली राजदूतावसका अनुसार ताप्लेजुङ घर भएका ३८ वर्षीय पुरुषले आत्महत्या गरेका हुन्।
नेपाली राजदूत पदम सुन्दासका अनुसार क्वारेन्टिनभित्र बाथरुममा झुन्डिएर उनले आत्महत्या गरेका हुन्। उनी एक्सिलेन्सी इन्डस्ट्रियल एन्ड मेन्टिनेन्स कम्पनीमा काम गर्थे।
अहिलेसम्म बहराइनमा ३ सय ३१ नेपालीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ, तर तीमध्ये धेरैजसो निको भइसकेको दूतावासले जनाएको छ।
बहराइनमा जम्मा भने १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया