गैर आवासीय नेपाल संघ केन्याले त्यहाँको अध्यागमन विभागलाई १० हजार थान मास्क सहयोग गरेको छ।
केन्याका संस्थापक अध्यक्ष कूलबहादुर कार्कीले अध्यागमन विभागकी उप निर्देशक एलिसेन्ट ओडिपोलाई एक कार्यक्रममा मास्क हस्तान्तरण गरेका हुन्।
कोरोना रोकथामका लागि सानै भएपनि सहयोग गर्न सकेकोमा खुशी लागेको एनआरएन केन्याका पूर्व अध्यक्ष कृष्णदत्त भट्टले बताए।
उनले भने, ‘विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना नियन्त्रणका लागि बस्दै आएको देशमा सहयोग गर्न पाउनु खुशीको कुरा हो।’
मास्क हस्तान्तरण कार्यक्रममा एनआरएन केन्याका महासचिव टिका धमला, केन्द्रीय सदस्य यादव काफ्ले र कोषाध्यक्ष भरत रेग्मीसँगको उपस्थिती रहेको थियो।
केन्यामा हालसम्म १ हजार ७ सय ९१ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने १ लाख २ हजार मानिस संक्रमित भएका छन्। जसमध्ये ८४ हजार निको भएका छन्। केन्यामा संक्रमणको दर घट्दै गएको छ।
Shares

प्रतिक्रिया