ग्लोबल


हवाई आक्रमणपछि भारत र पाकिस्तानमा ५५० उडान रद्द

हवाई आक्रमणपछि भारत र पाकिस्तानमा ५५० उडान रद्द

नेपालखबर
बैशाख २४, २०८२ बुधबार २१:४७, काठमाडौँ

हवाई आक्रमणपछि भारत र पाकिस्तानमा लगभग ५५० उडान रद्द गरिएका छन्।

रियल-टाइम उडान ट्र्याकिङ सेवा फ्लाइटट्रेडर२४को तथ्यांकअनुसार, हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडान रद्द गरिएका हुन्।

तथ्यांकअनुसार, पाकिस्तानमा १३५ उडान रद्द गरिएका छन् भने भारतमा ४१७ निर्धारित उडान रद्द गरिएका छन्।

बुधबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान रद्द भएपछि कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू पर्खिरहेको देखियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad