ग्लोबल


अमेरिकी विदेशमन्त्री ३ दिनका लागि किन आउँदै छन् चीन?

अमेरिकी विदेशमन्त्री ३ दिनका लागि किन आउँदै छन् चीन?

एन्टोनी ब्लिन्केन


नेपालखबर
बैशाख ९, २०८१ आइतबार ९:३७, काठमाडौँ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिनका लागि चीन भ्रमणमा आउने भएका छन्। ब्लिन्केन अप्रिल २४ मा चीन आइपुग्नेछन् र २६ तारिखसम्म बस्नेछन्।

बीबीसीको समाचारअनुसार यस भ्रमणका क्रममा ब्लिन्केनले बेइजिङ र सांघाईमा चिनियाँ अधिकारीहरूसँग भेट गर्नेछन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ब्लिन्केनले चिनियाँ अधिकारीहरूसँग दुई देशबीचको सम्बन्धबारे छलफल गर्नेछन्।

साथै मध्यपूर्वमा जारी तनाव, रुस र युक्रेनबीच जारी युद्ध र दक्षिण चीन सागरका विषयमा पनि ब्लिन्केन र चिनियाँ अधिकारीबीच वार्ता हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .