अफगानिस्तानको तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्तकी बिहीबार भारत आइपुगेका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
उनले एक्समा लेखेका छन्, ‘अफगान विदेशमन्त्री अमिर खान मुत्तकीलाई नयाँ दिल्लीमा स्वागत छ। हामी उहाँसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्न तत्पर छौँ।’
Warm welcome to Afghan Foreign Minister, Mawlawi Amir Khan Muttaqi on his arrival in New Delhi.
We look forward to engaging discussions with him on bilateral relations and regional issues. pic.twitter.com/Z4eo6dTctJ — Randhir Jaiswal (@MEAIndia) October 9, 2025
सन् २०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि यो उसको सरकारको पहिलो भारत भ्रमण हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले अक्टोबर ३ मै संयुक्त राष्ट्र सुरक्षा परिषद् समितिले मुत्ताकीलाई भारत भ्रमण गर्न अनुमति दिएको बताएका थिए।
Shares

प्रतिक्रिया