ग्लोबल


जापानमा पहिलोपटक महिला प्रधानमन्त्री

जापानमा पहिलोपटक महिला प्रधानमन्त्री

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १३:९, काठमाडौँ

साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्।

बीबीसीका अनुसार जापानी संसदका दुवै सदनमा भएको मतदानमा बहुमत हासिल गर्दै उनी देशकै पहिलो महिला प्रधानमन्त्री चुनिएकी हुन्।

६४ वर्षीया ताकाइची दक्षिणपन्थी नेतृ हुन्। उनलाई जापानको 'आइरन लेडी' भनेर चिनिन्छ। यो ताकाइचीको प्रधानमन्त्री बन्ने तेस्रो प्रयास हो।

ताकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का सदस्य हुन्। पछिल्लो पाँच वर्षमा एलडीपले नयाँ प्रधानमन्त्री चयन गरेको यो चौथोपटक हो।

साने ताकाइची एलडीपीको कट्टरपन्थी गुटकी हुन् र पूर्व जापानी प्रधानमन्त्री सिन्जो आबेको नजिक मानिन्छिन्। उनले पहिले मन्त्रीका रूपमा काम गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad