ग्लोबल


बिहार मतगणना अपडेट : एनडीए १९१ सिटमा अगाडि

बिहार मतगणना अपडेट : एनडीए १९१ सिटमा अगाडि

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १३:५१, काठमाडौँ

बिहारमा जारी मतगणनाले सत्तारुढ एनडीएले भारी मतका साथ जित हासिल गर्ने सम्भावना देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

बिहार विधानसभाका २४३ सिटमध्ये एनडीए १९१ सिटमा अगाडि छ भने महागठबन्धन ४४ सिटमा मात्र अघि देखिएको छ। 

यिनै दुई एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) र महागठबन्धनबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। 

एनडीएका प्रमुख दलहरूमा जनता दल युनाइटेड (जेडीयू), भारतीय जनता पार्टी (भाजपा), लोक जनशक्ति पार्टी (एलजेपी) र हिन्दुस्तानी अवम मोर्चा (एचएएम) छन्।

उता महागठबन्धनमा राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेस, विकासशील इन्सान पार्टी (भीआईपी), वामपन्थी दल र भारतीय समावेशी पार्टी (आईआईपी) छन्। 

यस्तो छ अहिलेसम्मको स्थिति:

एनडीए - १९१ सिटमा अगाडि

भाजपा - ८७

जेडीयू - ७९

एलजेपीआरभी - २१

एचएएमएस - ४

महागठबन्धन - ४४ सिटमा अगाडि

आरजेडी - ३१

वामपन्थी - ८

कंग्रेस - ५

भीआईपी - ०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad