बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड सुनाइएको विषयमा अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले प्रतिक्रिया दिएका छन्।
फैसला भएकै दिन सोमबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'आज बंगलादेशको अदालतले जुन स्पष्टताका साथ फैसला सुनायो, त्यसको प्रतिध्वनि देशभर र बाहिर पनि गुन्जिरहेको छ।'
'दण्ड र सजायले आधारभूत सिद्धान्तलाई पुन: पुष्टि गर्दछ: कोही पनि, जतिसुकै शक्तिशाली भए पनि, कानुनभन्दा माथि छैन।'
उनले थप लेखेका छन्, 'यद्यपि यो फैसलाले जुलाई र अगस्ट २०२४ को विद्रोहबाट प्रभावित हजारौँ र अझै पनि आफ्नो क्षतिसँग जुधिरहेका परिवारहरूलाई सीमित तर महत्त्वपूर्ण न्याय प्रदान गर्दछ।'
'हामी वर्षौंको दमनले क्षतिग्रस्त लोकतान्त्रिक संस्थाहरूको पुनर्निर्माणको पूर्वाधारमा उभिएका छौँ।'
आन्दोलनमा मारिएका १,४०० जना तथ्यांक मात्र नभएर विद्यार्थी, अभिभावक र सशक्त नागरिक रहेको उनलेे उल्लेख गरेका छन्।
युनुसले भनेका छन्, 'महिनाौँको गवाहीमा निहत्था प्रदर्शनकारीहरूविरुद्ध कसरी घातक शक्ति, हेलिकप्टर समेत प्रयोग गरियो भनेर वर्णन गरिएको थियो।'
Shares

प्रतिक्रिया