ग्लोबल


ट्रम्पले आउने अप्रिल चीन भ्रमण गर्ने, सीलाई पनि दिए अमेरिका आउन निम्तो

ट्रम्पले आउने अप्रिल चीन भ्रमण गर्ने, सीलाई पनि दिए अमेरिका आउन निम्तो

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १६:४८, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष अप्रिलमा चीनको भ्रमण गर्ने भएका छन्।

दुई नेताबीचल भएको फोन कुराकानीमा ट्रम्पले आफू बेइजिङ भ्रमण गर्न सहमत भएको बताएका हुन्।

यस्तै उनले अर्को वर्षको अन्त्यमा अमेरिकाको भ्रमण गर्न चीनका राष्ट्रपति सीलाई निम्तो पनि दिएको बीबीसीले उल्लेख गरेको छ।

ट्रम्प र चीनको विदेश मन्त्रालयले पछिल्लो फोन संवादमा दुई नेताले व्यापार, रुस-युक्रेन युद्ध, फेन्टानिल र ताइवानलगायत धेरै मुद्दामा छलफल गरेको बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, 'चीनसँगको हाम्रो सम्बन्ध धेरै बलियो छ।'

चीनको सरकारी समाचार एजेन्सीले विदेश मन्त्रालयलाई उद्धृत गर्दै विज्ञप्तिमा भनेको छ, जारी गर्दै भनेकदुो छ, 'दुई देशले आफ्नो सम्बन्धमा न्यानोपन कायम राख्नुपर्छ र समानता, सम्मान र पारस्परिक हितमा आधारित सही दिशामा अगाडि बढ्नुपर्छ।'

यसअघि ट्रम्प र सी अक्टोबरमा दक्षिण कोरियामा भेटेका थिए। त्यसपछि उनीहरूले कर सम्बन्धी सम्झौता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad