भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई कब्जामा लिएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई भनी धम्की दिएका छन्।
ट्रम्पले अमेरिकाले भनेजसरी काम नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सीलाई दिएका हुन्।
ट्रम्पले द एट्लान्टिक पत्रिकासँगको अन्तर्वार्तामा भनेका छन्, ‘यदि डेल्सीले अमेरिकाले भेनेजुएलाका लागि सही ठानेका काम गरिनन् भने तिम्रो अवस्था मदुरोको भन्दा पनि खराब हुन सक्छ।’
एक दिनअघि ट्रम्पले आफ्ना विदेशमन्त्री मार्को रुबियोसँग रोड्रिगेजले भेनेजुएलाका जनताको जीवनस्तर सुधार गर्न अमेरिकाको अपेक्षाअनुरूप काम गर्न तयार रहेको बताएको दाबी गरेका थिए।
यसैबीच न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘यदि रोड्रिगेजले अमेरिकाका माग पूरा गरिन् भने भेनेजुएलामा अमेरिकी सेना तैनाथ गरिरहन आवश्यक पर्दैन।’
अमेरिकाले शनिबार भेनेजुएलामा हमला गरी राष्ट्रपति मदुरोको दम्पती नै आफ्नो नियन्त्रणमा लिएको छ।
त्यसपछि भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गर्न आदेश दिएको हो।
आइतबारदेखि मदुरो न्युयोर्कको ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (जेल) को हिरासतमा छन्।
उनलाई आज (सोमबार) लागुऔषध र हतियारसम्बन्धी आरोपमा अदालतमा उपस्थित गराइने सम्भावना छ।
Shares

प्रतिक्रिया