ग्लोबल


अमेरिकी सेनाको आक्रमणबाट मदुरोकी पत्नीको आँखामा चोट, भाँचियो करङ

अमेरिकी सेनाको आक्रमणबाट मदुरोकी पत्नीको आँखामा चोट, भाँचियो करङ

मदुरो र उनकी पत्नी फ्लोरेसलाई अदालत लग्दै गर्दाको तस्बिर


नेपालखबर
पुस २२, २०८२ मंगलबार २१:३५, काठमाडौँ

अमेरिकी सेनाले भेनेजुएलामा हमला गर्ने बेला राष्ट्रपति निकोलस मदुरोकी पत्नी सिलिया फ्लोरेसलाई गम्भीर चोट लागेको पाइएको छ।

न्युयोर्क पोस्टका अनुसार, ६९ वर्षीया फ्लोरेस सोमबार न्युयोर्कको अदालतमा उपस्थित हुँदा उनको अनुहारमा दुईवटा पट्टी थिए। एउटा- आँखामाथि र अर्को निधारमा। 

उनको दाहिने आँखामा चोटको निलो दाग स्पष्ट रूपमा देखिन्थ्यो।

फ्लोरेसका वकिल मार्क डोनेलीले अदालतसमक्ष उक्त चोट उनलाई अमेरिकी सेनाले पक्राउ गर्ने बेला लागेको बताए। 

ती वकिलले भने, ‘फ्लोरेसको करङ पनि भाँचिएको छ र उनलाई उपचारको आवश्यकता छ।’

साथै उनले अदालतसँग फ्लोरेसको पूर्ण एक्स-रे गर्न पनि अनुरोध गरे।

मुद्दाको सुनुवाइ गरेका न्यायाधीश एल्भिन हेलरस्टाइनले सरकारी वकिललाई फ्लोरेसका वकिलसँग मिलेर आवश्यक उपचारको व्यवस्था गर्न आदेश दिएका छन्। 

फ्लोरेससँगै उनका पति निकोलस मदुरो पनि अदालतमा उपस्थित भएका थिए।

मदुरोलाई कोकिन तस्करी र हतियारलगायत धेरैवटा अपराधको आरोप लगाइएको छ। 

उनले ती सबै आरोप अस्वीकार गरे। 

मदुरोले भने, ‘म निर्दोष छु। यहाँ भनिएका कुनै पनि कुरामा म दोषी छैन। म एक सभ्य व्यक्ति हुँ।’

दोभाषेमार्फत बोल्दै फ्लोरेसले पनि स्पेनी भाषामा त्यही कुरा दोहोर्‍याइन्। 

फ्लोरेस र मदुरोविरुद्ध गम्भीर आरोप लगाइएको छ।

ती प्रमाणित भएमा  उनीहरूले आजीवन कारावासको सजाय पनि भोग्नुपर्ने हुन सक्छ। अझ मृत्युदण्डको सजाय पनि हुन सक्ने सम्भावना रहेको बताइएको छ। 

यही जनवरी ३ राति अमेरिकी सेनाले भेनेजुएलामा हवाई हमला गरी मदुरो दम्पतीलाई निवासबाटै थुतेर अमेरिका लगेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad