राजनीति


एमालेको प्रचार विभाग प्रमुखमा मीन बहादुर शाही

एमालेको प्रचार विभाग प्रमुखमा मीन बहादुर शाही

नेपालखबर
पुस २२, २०८२ मंगलबार २१:४१, काठमाडौँ

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन्।

पार्टीको आज बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो।

कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमीबाट एमाले राजनीतिमा प्रवेश गरेका हुन्।

उनी सामुदायिक सूचना नेटवर्कको संस्थापक, सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब)को दुई कार्यकाल अध्यक्ष भएका थिए। 

शाही सामुदायिक रेडियो विश्व संगठनको सहअध्यक्ष हुन्। 

उनी एमालेको ११्औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad