ग्लोबल


इरानमा आन्दोलनको आगो : १२ हजार मानिस मारिएको आशंका

इरानमा आन्दोलनको आगो : १२ हजार मानिस मारिएको आशंका

आन्दोलनका कारण इरानको वर्तमान अवस्था


नेपालखबर
पुस ३०, २०८२ बुधबार १०:३६, काठमाडौँ

इरानमा जारी सरकारीवरोधी प्रदर्शनमा ठुलो संख्यामा मानिस मारिएको विषयमा फरक फरक तथ्यांक सार्वजनिक भइरहेका छन्। 

रोयटर्स र मानव अधिकार संगठनहरूले त्यहाँ अहिलेसम्म मृत्यु भएकाको  संख्या २ हजारदेखि ५ हजारसम्म हुने अनुमान गर्दा बीबीसी सम्बद्ध सीबीएस न्युजले मृतकको संख्या १२ हजार पुगिसकेको उल्लेख गरेको छ। 

सीबीएसले त इरान भित्र र बाहिरका स्रोतलाई उद्धृत गर्दै मृतकको संख्या २० हजार पनि पुग्न सक्ने उल्लेख गरेको छ। 

उता एक्सियोस समाचार वेबसाइटले इजरायली गुप्तचर स्रोतले मृतकको संख्या लगभग ५ हजार रहेको बताएको जनाएको छ। 

इरानमा भएको विरोध प्रदर्शनमा मारिएकाको वास्तविक संख्या धेरै कारण एकिन गर्न गाह्रो छ।

किनकि इरानमा अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई सञ्चालन गर्न निषेध गरिएको छ र पाँच दिनदेखि इन्टरनेट पनि बन्द गरिएको छ।

देशमा बढेको महँगी र कमजोर आर्थिक अवस्थाको विरोधमा गत डिसेम्बर २८ देखि इरानमा जनप्रदर्शन भइरहेको हो।  

यस क्रममा ठाउँठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप पनि भइरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad