इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुशनरसँग वासिङटनमा भेटवार्ता गरेका छन्।
बीबीसी फारसीका अनुसार, इजरायली प्रधानमन्त्रीको कार्यालयले विज्ञप्तिमा भनेको छ, 'बैठकका क्रममा डोनाल्ड ट्रम्पका राजदूत र उनका ज्वाइँले इरान र अमेरिकाबिच गत शुक्रबार भएको पहिलो चरणको वार्ताबारे नेतन्याहुलाई जानकारी गराए।'
नेतन्याहुले डोनाल्ड ट्रम्पसँग पनि भेट्ने कार्यक्रम छ।
यसैबिच इरानका राष्ट्रपति मसुद पेजेस्किुयानले आफ्नो देशले आणविक हतियार विकास नगरेको र यसको निगरानीका लागि तयार रहेको बताएका छन्।
बीबीसी फारसीका अनुसार, राष्ट्रपति पेजेस्कियानले भनेका छन्, 'युरोप र अमेरिकाले खडा गरेको अविश्वासको अग्लो पर्खालले वार्ता सफल हुन दिने छैन।'
साथै उनलेे अत्यधिक माग राखेमा इरान नझुक्ने चेतावनी पनि दिएका छन्।
Shares

प्रतिक्रिया