ग्लोबल


मंगलबार बंगलादेशको प्रधानमन्त्री पदमा शपथ खाँदै तारिक रहमान

मंगलबार बंगलादेशको प्रधानमन्त्री पदमा शपथ खाँदै तारिक रहमान

नेपालखबर
फागुन ४, २०८२ सोमबार १८:२५, काठमाडौँ

तारिक रहमानले फेब्रुअरी १७ (मंगलबार) बंगलादेशको प्रधानमन्त्रीका रूपमा शपथ खाँदै छन्।

बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) को मिडिया सेलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै शपथ ग्रहण समारोहमा लगभग १,२०० स्वदेशी र विदेशी पाहुना उपस्थित हुने बताएको छ।

समारोह दिउँसो ४ बजे ढाकाको राष्ट्रिय संसद् भवनको दक्षिण प्लाजामा हुनेछ।

शपथ बंगलादेशका राष्ट्रपति मोहम्मद सहाबुद्दिनले खुवाउने छन्।

विदेशी पाहुनाका रूपमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा पनि सहभागी हुँदै छन्।

यसैगरी भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, भारतका लोकसभा अध्यक्ष ओम बिरला र पाकिस्तानका योजना मन्त्री एहसान इकबाल पनि उपस्थित हुनेछन्।

यस्तै श्रीलंकाका स्वास्थ्यमन्त्री नलिन्डा जयतिस्सा, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पनि उपस्थित हुने सम्भावना छ।

यही फेब्रुअरी १२ मा भएको चुनावमा तारिक रहमान नेतृत्वको दल बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेपछि नयाँ सरकार गठन गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad