इजरायल-अमेरिकाको आक्रमणबाट इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको छैटौँ दिन भारतले शोक व्यक्त गरेको छ।
गत फेब्रुअरी २८ मा अमेरिका-इजरायल आक्रमणमा मारिएका खामेनीको निधन इरानले भोलिपल्ट आधिकारिक रूपमा पुष्टि गरेको थियो।
तर भारले खामेनीको निधनमा आज शोक व्यक्त गरेको हो।
भारत सरकारका तर्फबाट विदेश सचिव विक्रम मिश्रीले नयाँ दिल्लीस्थित इरानी दूतावास पुगेर खामेनीको निधनमा दु:ख व्यक्त गरेका हुन्।
उनले शोक पुस्तिकामा हस्ताक्षर गरेर श्रद्धाञ्जली अर्पण गरे।
खामेनीको निधनमा विश्वका विभिन्न देशले शोक सन्देश पठाइरहेका छन्।
129
Shares

प्रतिक्रिया