इजरायलका रक्षामन्त्री इजरायल काट्जले रातभर गरिएको हवाई आक्रमणमा इरानको सबैभन्दा शक्तिशाली अधिकारी मानिने देशका सुरक्षा प्रमुख अली लारिजानी मारिएको दाबी गरेका छन्।
यसअघि इजरायली रक्षा बल (आईडीएफ) ले पनि लारिजानीलाई मारिएको दाबी गरेको थियो।
यस्तै आईडीएफले इरानको बसिज अर्धसैनिक बलका कमान्डर घोलामरेजा सुलेमानी पनि अर्कै आक्रमणमा मारिएको दाबी गरेको छ।
इजरायलका रक्षामन्त्री काट्जले विज्ञप्ति जारी गरी भनेका छन्, ‘लारिजानी र बासिज कमान्डरलाई मार्यौँ।’
तर यस विषयमा इरानबाट कुनै आधिकारिक जानकारी आइसकेको छैन।
यसअघि अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा सैन्य अधिकारी मारिसकेको छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्ने क्रम जारी राखेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।
Shares

प्रतिक्रिया