ग्लोबल


भेनेजुएला र इरानपछि क्युबामा आक्रमण गर्ने ट्रम्पको संकेत

भेनेजुएला र इरानपछि क्युबामा आक्रमण गर्ने ट्रम्पको संकेत

सोमबार ओभल अफिसमा क्युबाबारे पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्प।


नेपालखबर
चैत ४, २०८२ बुधबार १५:३२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र इरानपछि क्युबामा हमला गर्ने संकेत गरेका छन्। 

सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले क्युबा कब्जा गर्ने मनसाय व्यक्त गरेका हुन्।

उनले भने, ‘म क्युबालाई कुनै न कुनै रूपमा लिनेछु... चाहे म यसलाई स्वतन्त्र पार्छु वा मेरो नियन्त्रणमा लिन्छु। म यसको साथ जे पनि गर्न सक्छु।’

न्युयोर्क टाइम्सका अनुसार ट्रम्पको भनाइलाई निकै आश्चर्यजनक मानिएको छ।

अमेरिकी इतिहासमा क्युबासँग अमेरिकाका धेरै जना राष्ट्रपतिको सम्बन्ध तनावपूर्ण नै भए पनि कसैले पनि यसरी खुलेआम रूपमा क्युबा कब्जा गर्ने कुरा गरेका थिएनन्। 

यसै वर्ष ट्रम्पले भेनेजुएला र इरानमा सैन्य हमला गरिसकेका छन्।

त्यसैले उनको भनाइलाई मजाक वा क्षणिक टिप्पणीका रूपमा मात्र लिन नसकिने बरु सम्भावित अर्को कदम हुन सक्ने विश्लेषण गरिएको छ।

अमेरिका र क्युबाबिचको सम्बन्ध ६५ वर्षदेखि तनावपूर्ण छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad