अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको प्रशंसा गर्दै ‘जित्न जान्ने असल साथी’को संज्ञा दिएका छन्।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘मानिसहरूलाई इजरायल मन परोस् या नपरोस्, तर उसले आफूलाई अमेरिकाका लागि धेरै असल साथी साबित गरेको छ।’
ट्रम्पले आफ्नो पोस्टमा इजरायललाई ‘बहादुर, निडर, वफादार र बुद्धिमान’ भनेर तारिफ गरेका छन्।
उनले लेखेका छन्, ‘कठिन समयमा आफ्नो वास्तविक रङ देखाउनेहरू भन्दा फरक। इजरायल जमेर लड्छ र कसरी जित्ने भनेर जान्दछ।’
इरानले होर्मुज स्ट्रेट बन्द गर्ने चेतावनी दिएका बेला ट्रम्पले उक्त अभिव्यक्ति दिएका हुन्।
216
Shares

प्रतिक्रिया