अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न आफ्ना प्रतिनिधिहरू पाकिस्तानतर्फ गइरहेको बताएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा प्रतिनिधिहरू पाकिस्तानको राजधानी इस्लामाबाद गइरहेका छन्। उनीहरू भोलि साँझ वार्ताका लागि त्यहाँ पुग्नेछन्।’
ट्रम्पले अगाडि भनेका छन्, ‘हामी एकदमै निष्पक्ष र उचित सम्झौताको प्रस्ताव गर्दै छौँ। मलाई आशा छ- उनीहरूले यसलाई स्वीकार गर्नेछन्, किनकि स्वीकार गरेनन् भने अमेरिकाले इरानका हरेक पावर प्लान्ट र पुल ध्वस्त पार्नेछ।’
बीबीसी फारसी सेवाका अनुसार टर्कीका विदेशमन्त्री हाकान फिदानले इरान र अमेरिका दुवै युद्ध अन्त्य गर्न वार्ताका लागि तयार रहेको बताएका छन्।
तर इरानले आफ्ना प्रतिनिधिहरू सोमबार पाकिस्तान जान्छन् कि जाँदैनन् भन्ने विषयमा कुनै जानकारी दिएको छैन।
यसअघि हालै पाकिस्तानमै अमेरिका र इरानबिच २१ घण्टा वार्ता भए पनि कुनै सहमति हुन सकेको थिएन।
यसपटकको वार्तामा भने अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्सले नेतृत्व गर्ने छैनन्।
Shares

प्रतिक्रिया