अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको समाचार आएका बेला पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मुकाद्दमले वक्तव्य जारी गरेका छन्।
सामाजिक सञ्जाल एक्समा जारी अभिव्यक्तिमा उनले इरान धम्की र दबाबमा वार्ता गर्दैन भन्ने कुरा बुझ्न अमेरिकालाई सुझाव दिएका छन्।
उनले लेखेका छन्, ‘सबैलाई थाहा छ- महान् सभ्यता भएको जो कोहीले पनि धम्की वा दबाबमा वार्ता गर्दैन। यो एक महत्त्वपूर्ण इस्लामिक र धार्मिक सिद्धान्त हो। म चाहन्छु- अमेरिकाले यो कुरा बुझोस्।’
यसैबिच अमेरिकी सञ्चारमाध्यमले इरानसँग वार्ताका लागि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स आज (मंगलबार) इस्लामाबाद प्रस्थान गर्ने दाबी गरेका छन्।
तर अहिलेसम्म वार्तामा इरान सहभागी हुन्छ कि हुँदैन भन्ने कुरा स्पष्ट भइसकेको छैन।
72
Shares

प्रतिक्रिया