इरानका विदेशमन्त्री अब्बास अराघचीले आज (शनिबार) पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरसँग भेटवार्ता गरेका छन्।
इरानको सरकारी सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यो खबर लेख्दासम्म इस्लामाबादमा भेटवार्ता जारी छ।
विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल आजै पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेको हो।
पाकिस्तानमा रहेको इरानी दूतावासले इरान र पाकिस्तानबिच "द्विपक्षीय मामिलाको समीक्षा" गर्ने जनाएको छ।
एबीसी न्युजले पाकिस्तानका एक वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिका र इरानका प्रतिनिधिमण्डलले यस सप्ताहन्त पाकिस्तानका अधिकारीहरूसँग छुट्टाछुट्टै बैठक गर्ने उल्लेख गरेको छ।
रिपोर्टमा भनिएको छ, ‘बैठक उपलब्धिमूलक भएमा अमेरिका र इरानका अधिकारीहरूबिच आइतबार प्रत्यक्ष वार्ता हुनेछ।’
Shares

प्रतिक्रिया