अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरान युद्धबारे छलफल गरिएको बताएका छन्।
यस क्रममा पुटिनले इरानमा युद्ध अन्त्य गर्ने प्रयासमा मद्दत गर्न चाहेको पनि ट्रम्पले बताए।
बुधबार पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले युक्रेन युद्धबारे धेरै कुरा गर्यौँ, उनी मद्दत गर्न चाहन्छन्। तर मैले भनेँ- तपाईंले मलाई मद्दत गर्नुअघि म तपाईंको युद्ध अन्त्य गर्न चाहन्छु।’
अर्को प्रश्नको जवाफ दिँदै अमेरिकाका राष्ट्रपतिले ट्रम्पले पुटिन इरानको संवर्धनमा सामेल हुन इच्छुक रहेको पनि बताए।
ट्रम्पले भने, ‘उनले मलाई यदि उनी हामीलाई यो (सम्झौता) प्राप्त गर्न मद्दत गरे भने संवर्धनमा पनि सामेल हुने बताए। तर मैले भनेँ- म यो भन्दा बढी के चाहन्छु भने तपाईं युक्रेन युद्ध अन्त्य गर्न सहभागी हुनुहोस्।’
ट्रम्पले अगाडि भने, ‘हामी इरानलाई आणविक हतियार राख्न दिने छैनौँ...यो कुरा उहाँ जान्नुहुन्छ। हामीले यसबारे थोरै कुरा गर्यौँ। उहाँ (पुटिन) पनि इरानसँग आणविक हतियार नहोस् भन्ने चाहन्छन्।’
Shares

प्रतिक्रिया