फिल्मी क्षेत्रमा थलापति विजय भनेर प्रख्यात् जोसेफ विजय चन्द्रशेखर तमिलनाडुका मुख्यमन्त्री बनेका छन्।
तमिलगा वेत्री कजगम (टीभीके) का प्रमुख विजयले आज तमिलनाडुको मुख्यमन्त्रीका रूपमा शपथ खाएका हुन्।
शपथ समारोहमा भारतीय राष्ट्रिय कंग्रेसका नेता एवं लोकसभामा विपक्षी नेता राहुल गान्धी पनि सहभागी भए।

मुख्यमन्त्री विजयसँगै नौ मन्त्रीले पनि शपथ खाएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार एन. आनन्द, आधव अर्जुन, डा. के.जी. अरुणराज, के.ए. सेनगोट्टैयन, पी. वेंकटरमणन, आर. निर्मलकुमार, राजमोहन, डा. टी.के. प्रभु र सेल्वी एस. किर्तनाले मन्त्री पदको शपथ खाएका हुन्।
उनीहरू सबै विजयको पार्टी, टीभीकेका विधायक हुन्।
हालसम्म मन्त्रिपरिषद्मा सहयोगी दलका कुनै पनि विधायक समेटिएका छैनन्।
विजय आफ्नो दल टीभीके, कंग्रेस, सीपीआई, सीपीएम, भीसीके, र आईयूएमएलका गरी १२१ विधायकको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
दुई वर्ष मात्र पुरानो विजयीको पार्टी टीभीकेले आफ्नो पहिलो विधानसभा चुनावमै २३४ सिटमध्ये १०८ सिट जितेर राज्यकै ठुलो दल बनेको छ।
तर २३४ सदस्यीय तमिलनाडु विधानसभामा सरकार बनाउन बहुमत संख्या ११८ हो।
यसैले विजयले अन्य दलको पनि साथ लिँदै आफ्ना पक्षमा १२१ सांसद जुटाई सरकार गठन गरेका हुन्।
Shares

प्रतिक्रिया