ग्लोबल


चीनमा ट्रम्प र सीबिच भेटवार्ता (तस्बिरहरू)

चीनमा ट्रम्प र सीबिच भेटवार्ता (तस्बिरहरू)

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार ८:५५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेइजिङको ग्रेट हल अफ द पिपलमा चीनका राष्ट्रपति सी चिनफङसँग भेटवार्ता गरेका छन्।

ट्रम्पलाई स्वागत गर्न सी आफैँ ग्रेट हल अफ द पिपलमा आएका थिए। अनि दुई नेताले हात मिलाए र ट्रम्पलाई गार्ड अफ अनर प्रदान गरियो।

दुई नेताबिच भेटवार्ता सुरु भएको छ।

यो भेट अमेरिका र चिनबिच सम्बन्ध, व्यापार र प्रविधिमा जारी तनावमा विश्वको ध्यान केन्द्रित भएका बेला भइरहेको हो। 

भ्रमणको सबैभन्दा ठुलो चर्चाको विषय बोइङ विमान सम्झौता हो।

मिडिया रिपोर्टहरूले चीनले अमेरिकी कम्पनी बोइङसँग लगभग ९ लाख करोडको विमान खरिदका लागि सम्झौता गर्न सक्ने अनुमान गरेका छन्। 

यदि उक्त सम्झौता भयो भने यो विश्वको सबैभन्दा ठुलो उड्डयन सम्झौतामध्ये एक हुनेछ। 

व्यापार, शुल्क, अर्धचालक, कृत्रिम बुद्धिमत्ता (एआई) र ताइवानजस्ता मुद्दामा पनि बैठकमा छलफल गरिनेछ।

हालैका वर्षहरूमा दुई देशबिचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ, यसैले यो भेटवार्ता अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।

चीनमा ट्रम्प-सी भेटवार्ताका केही तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad