ग्लोबल


सीले ट्रम्पलाई लगे ‘गोप्य स्थल’मा

सीले ट्रम्पलाई लगे ‘गोप्य स्थल’मा

शुक्रबार बिहान बेइजिङको चोङनानहाई गार्डेनमा ट्रम्पलाई स्वागत गर्दै सी।


नेपालखबर
जेठ १, २०८३ शुक्रबार ९:४६, काठमाडौँ

चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच चीनको जोङनानहाईमा भेटवार्ता भइरहेको छ।

सीएनएनका अनुसार जोङनानहाई चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व कक्ष हो, जसलाई चीनको लगभग ‘ह्वाइट हाउस’ बराबर मानिन्छ। यो लगभग १,५०० एकडमा फैलिएको छ, जहाँ ७०० एकडको ताल, मण्डप, बगैँचा र कार्यालय छन्।

शताब्दी पुरानो रातो गेरु रङको पर्खालले घेरिएको यो देशको सबैभन्दा गोप्य स्थलमध्ये एक हो, जसको माथि अनगिन्ती सीसीटीभी क्यामेरा छन्। अनि सुरक्षाकर्मीले निरन्तर गस्ती गरिरहेका छन्।

शुक्रबार बिहान सी ट्रम्पसँग कुरा गरिरहेको देखिएको छ। 

अमेरिकाका राष्ट्रपति ट्रम्पले परिसरको बगैँचाको प्रशंसा गरे। 

एक चिनियाँ अधिकारीले पत्रकारहरूलाई पछाडि हट्न आग्रह गर्दै भने, ‘नेताहरू निजी कुराकानी गर्न चाहन्छन्।’

बेइजिङको बाँकी भागको तुलनामा यो यति शान्त छ कि जहाँ चराको चिरबिर आवाज सुन्न सकिन्छ। 

ट्रम्प त्यहाँ पुग्दा स्थानीय समय बिहान ११ बजेको थियो। 

एक चिनियाँ व्यक्तिले पत्रकारहरूलाई भने, ‘यो एकदमै निजी ठाउँ हो।’ 

चीनको राजकीय भ्रमणका लागि ट्रम्प प्रतिनिधिमण्डलसहित बुधबार बेइजिङ पुगेका हुन्। उनी चीनमा ३ दिन रहनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad