पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी ‘पूर्वसूचनाबिनै’ इरान (तेहरान) पुगेका छन्।
बीबीसी फारसीका अनुसार इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएले स्रोतलाई उद्धृत गर्दै मोहसिन नक्वी शनिबार तेहरान आइपुगेको र केही इरानी अधिकारीसँग भेट्ने कार्यक्रम रहेको उल्लेख गरेको छ।
पाकिस्तानले इरान र संयुक्त राज्य अमेरिका मिलाउन मध्यस्थता गरिरहेको छ।
दुई देशबिच केही समयअघि पाकिस्तानमा वार्ता पनि भएको थियो। तर निष्कर्षमा पुग्न सकेन।
इरान र संयुक्त राज्य अमेरिकाबिच दोस्रो चरण वार्ता गर्ने प्रयास भइरहे पनि बढ्दो मतभेदका कारण सम्भव भइरहेको छैन।
पाकिस्तानका गृहमन्त्रीले एक महिनाअघि इरानी सेना प्रमुख असिम मुनिरसँग इरानको भ्रमण गरेका थिए।
93
Shares

प्रतिक्रिया