ग्लोबल


पाकिस्तानका सेना प्रमुख इरानमा, इरानी विदेशमन्त्रीसँग राति अबेरसम्म वार्ता

पाकिस्तानका सेना प्रमुख इरानमा, इरानी विदेशमन्त्रीसँग राति अबेरसम्म वार्ता

नेपालखबर
जेठ ९, २०८३ शनिबार १४:३, काठमाडौँ

पाकिस्तानका सेना प्रमुख (फिल्ड मार्सल) आसिम मुनिर शुक्रबार इरानको राजधानी तेहरान पुगेका छन्।

उनले शुक्रबारै इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गरेका छन्।

स्रोतलाई उद्धृत गर्दै बीबीसी फारसीले लेखेअनुसार दुई जनाबिच राति अबेरसम्म वार्ता भएको छ। 

इरान सरकारको आधिकारिक एक्स ह्यान्डलमा लेखिएको छ, ‘बैठकमा दुवै पक्षले युद्ध अन्त्य गर्ने पछिल्लो प्रयास र मध्यपूर्वमा शान्ति- सुरक्षा बलियो बनाउने उपायका विषयमा छलफल भयो।’

अर्कातर्फ अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले शुक्रबार आफूहरू आसिम मुनिरसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्।

उनले भनेका छन्, ‘पाकिस्तानले राम्रो काम गरेको छ। हामी यस विषयमा उनीहरूसँग काम गरिरहेका छौँ र यो क्रम जारी राख्नेछौँ।’

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौतामा पुग्न तयार रहेको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘इरान सम्झौता गर्न तयार छ, अब के हुन्छ हेरौँ। तर हामीले उनीहरूविरुद्ध कडा कारबाही गर्‍यौँ, हामीसँग अर्को विकल्प थिएन, किनभने इरानले आणविक हतियार राख्न पाउँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad